जनकपुरधाम– नेकपा (एमाले) का केन्द्रीय सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेपाली कांग्रेस र माओवादी केन्द्रले राष्ट्रिय जनता पार्टीलाई एमालेविरुद्ध उपयोग गरिरहेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


जनकपुरमा आज पत्रकार भेटमा उनले संविधान संशोधनका बारेमा बसेर कुरा गर्न एमाले तयार भए पनि राष्ट्रिय जनता पार्टी टाढा बस्नु चिन्ताको विषय हो भन्दै राजपाको जनमत चुनावबाट नै जोगिन सक्छ भने ।
एक प्रसंगमा उनले टोपी र धोतीको एकताबाट नेपाली राष्ट्रियता बनेको छ भने ।


ADVERTISEMENT

# # #


भारतले कतिपय सवालमा हेप्ने प्रवृत्ति राखेको र सोबारेमा एमालेले ध्यानाकर्षण गराउँदा एमालेलाई भारत विरोधी भनी आरोपित गर्नु न्यायसंगत नभएको उनले धारणा राखे ।