काठमाडौं – काठमाडौं र कास्कीबाट १० जना जुवाडे पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–६ महाङ्काल डेरा गरी बस्ने रसुवा गोसाईकुण्ड गाउँपालिका–३ की २८ वर्षीया रिता राई तामाङको कोठामा जुवातास खेलिरहेका रिता लगायत चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT


उनीहरुबाट नगद ६६ हजार १ सय ७० रुपैयाँ, ५ सय भारतीय रुपैयाँ र ३ बुक तास प्रहरीले बरामद गरेको गरेको छ ।


ADVERTISEMENT

# # #


यस्तै कास्की, पोखरा महानगरपालिका–११ रानिपौवा डेरा गरी बस्ने मकवानपुर बाग्मती गाउँपालिका–१ का विष्णु राईको डेरामा जुवातास खेलिरहेका राई लगायत छ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट २४ हजार ८० रुपैयाँ र ४ बुक तास बरामद भएको प्रहरीले जनाएको छ ।