काठमाडौं – प्रहरीले करिब ५६ लाख रुपैया बराबरको नगद र चेकसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले ओखलढुंगा मोलुङ गाउँपालिका–५ का कुमार मगरलाई स्रोत नखुलेको तथा स्रोत खुलेको रकमसहित पक्राउ गरेको हो ।


ADVERTISEMENT


प्रहरीका अनुसार मगरबाट स्रोत नखुलेको नगद १३ लाख ९ हजार ७ सय ५ रुपैंया र विभिन्न बैंक तथा वित्तिय संस्थाको ४१ लाख ६२ हजार ५ सय रुपैयाँ बराबरको चेक सहित आइतबार साँझ पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले मगर सवार प्रदेश नम्बर ३. ०२–००५ प ६१५२ नम्बरको स्कुटर जाँच गर्ने क्रममा उक्त नगद र चेक फेला पारी स्कुटर सहित उनलाई पक्राउ गरेको बताइएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।