काठमाडौँ – सिंहदरबारस्थित पुतली बगैँचामा नयाँ संसद भवन बन्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संघीय संसद भवनको शिलान्यास गरेका हुन् ।


ADVERTISEMENT


पुतली बगैँचा रहेको स्थानमा पाँच अर्ब ३० करोड खर्चिएर भवन निर्माण गर्न लागिएको हो। १ सय ७३ रोपनी क्षेत्रमा फैलने भवनमा प्रतिनिधिसभा र राष्ट्रियसभा रहनेछ। संघीय संसद लामो समयदेखि भवनविहीन रहँदै आएको छ । हाल नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसद सञ्चालन हुँदै आएको छ। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई सरकारले वार्षिक १५ करोड भाडा तिर्ने गरेको छ।


ADVERTISEMENT

# # #


संघीय संसद् भवन निर्माण सहरी विकास मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागले अगाडि बढाएको हो । भवन निर्माणको काम तीन वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य छ ।

भवनको निर्माण समय र गुणस्तरीयतामा कुनै सम्झौता नहुने प्रधानमन्त्री ओलीको भनाइ छ । “निर्माणमा कुनै प्रकारको विलम्ब मान्य हुँदैन । समयभित्र काम सक्नुहोस । गुणस्तरमा सम्झौता हुँदैन ।” प्रधानमन्त्री ओलीले भने, “यस भवनमा नेपाललाई अग्रगतिमा लैजाने ठुला ठुला निर्णयहरु हुनेछन् । यही भवनबाट धेरैवटा सक्षम सरकारहरु बन्नेछन् भन्ने मेरो अपेक्षा छ ।”

प्रधानमन्त्री ओलीले देश विकासको गतिमा अघि बढीसकेको उल्लेख गरे । “हामीले डेढ बर्षमा गरेका कामको परिणाम देखिन थालेको छ । अमलेखगञ्ज मोतीहारी पाइपलाइनबाट इन्धन ल्याउने कुरा त्यसको एउटा उदाहरण हो” उनले भने, “आगामी चैतभित्र रानी पोखरी निर्माण भइसक्छ । अरु यस्ता थुप्रै ठुला आयोजनाहरु अब निर्माण सम्पन्न भइसक्नेछन् ।”

सरकार सुशासन र भ्रष्टचार विरोधी अभियानमा सक्रियतापूर्वक लागेको उनको भनाई छ । “हामी भ्रष्टाचार विरोधी अभियान यसरी चलाउँछौं कि यो संसदमा त्यस बिषयमा बहस नै गर्नु नपरोस ” प्रधानमन्त्री ओलीले भने ।

उनले लोकतन्त्र माथी कतैबट खतरा आए सरकार सहेर नबस्ने बताएका छन् । “लोकतन्त्र माथी खतरा आए सरकार सहेर बस्दैन । संविधान अनुसार जनताको बलिानी खेर जान नदिन हामी सजग छौं” प्रधानमन्त्री ओलीले भने “हामी लोकतान्त्रिक प्रणालीमा मात्र होइन,लोकतान्त्रिक प्रक्रियामा पनि विश्वास गर्छौं ।”