काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपालमा डेंडु संक्रमणले जटिल रुप नलिएको बताएका छन् । बुधबार संसदमा विशेष समय लिएर बोल्दै मन्त्री यादवले डेंगु संक्रमण जटिल अवस्थामा नरहेकाले आपतकालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था नरहेको बताएका हुन् ।


ADVERTISEMENT


यसअघि प्रमुख प्रतिपक्षी दल नेपालकाी कांग्रेस र स्वयम् सत्तारुढ दलका सांसदले डेंगु संक्रमण बढेकाले तत्काल आपतकालीन अवस्था घोषणा गरेर रोकथाम थाल्न माग गरेका थिए । उपप्रधानमन्त्री यादवले साधन स्रोतले सम्पन्न विकसित मुलुकमा पनि डेंगु नियन्त्रण चुनौतीको रुपमा रहेको भन्दै नेपालको स्वास्थ्य प्रणाली यस्ता महामारी नियन्त्रण गर्न सक्षम रहेको जिकिर गरे ।


ADVERTISEMENT

# # #


डेंगु रोगबाट बच्न हालसम्म कुनै निश्चित औषधी र प्रभावकारी खोप नभएकै कारण यसको नियन्त्रणमा कठिनाइ भएको उनले बताए । उपप्रधानमन्त्री यादवले लामखुट्टेको नियन्त्रण नै यसबाट बच्ने प्रमुख उपाय भएको बताए । साउन १ देखि भदौ २३ गतेसम्म नेपालमा ५ हजार ९५ जनामा डेंगु रोगको संक्रमण भएको र विभिन्न जिल्लामा ६ जनाको मृत्यु भएको जानकारी आएको उपप्रधानमन्त्री यादवले बताए ।

केही हप्तायता नेपालमा डेंगु संक्रमणको संख्या निकै तल झरेको र विस्तारै विस्तारै नियन्त्रणतर्फ उन्मुख हुदै गएको उनले जिकिर गरे ।

काठमाडौंमा त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र निजामती कर्मचारी अस्पतालमा पनि डेंगु परीक्षणको व्यवस्था गरिएको उपप्रधानमन्त्री यादवले जानकारी दिए ।

उनले डेंगु संक्रमण नियन्त्रणका लागि घरदैलो अभियान, ‘खोज र नष्ट गर अभियान’ लगायतका अभियान सञ्चालन गरिने उनले जानकारी गराए ।