काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड दाँतको उपचार गर्न अस्पताल पुगेका छन् । उनले ललितपुरस्थित मेडिसिटी अस्पताल उपचार भइरहेको छ ।
बारम्बार दाँत दुख्ने गरेपछि प्रचण्ड बुधबार दिउँसो उपचारका लागि अस्पताल पुगेका हुन् । उपचारमा सम्लग्न चिकित्सकले दाँत निकाल्नु पर्ने बताएका छन् ।