काठमाडौं – बेडिङ म्यानेजमेन्ट तथा मोडलिङसम्बन्धी काम गर्दै आईरहेको ढाका इभेन्ज कम्पनीले ढाका कपडाको प्रर्वद्धन गर्ने र यसको मौलिकतालाई विश्वस्तरमा चिनाउने उद्देश्यका साथ ‘ढाका रन वे ब्राइडल शो’ को आयोजना गर्ने भएको छ ।


ADVERTISEMENT


यही सेप्टेम्बर २८ (असोज ११) मा हुने उक्त फेशन शोमा नेपालका चर्चित डिजाईनर मनिश राई, मुक बुटिक (मुक्ता श्रेष्ठ), अर्बन भोग नेपाल (प्रफुल रिजाल, भारती आचार्य), विजय गौतम, मर्सल माश्सलले आफ्नो कलेक्शन÷पहिरन तथा डिजाइन देखाउनेपनि आयोजकले बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर जनाएको छ ।


ADVERTISEMENT

# # #


काठमाडौंको कुपण्डोलस्थित् म्याक्सिम बैंक्वेटमा हुने उक्त फेशन शोमा ३५ जना मोडलहरुले सहभागिता जनाउनेपनि आयोजकको भनाई छ । उक्त शोमा कलाकार परमीता आर.एल. राणा, सबिता कार्की, पूर्व मिस नेपाल अश्मी श्रेष्ठ लगायतको प्रस्तुती रहनेछ ।

शोमा सहभागिता जनाई नेपाली ढाका कपडाको प्रर्वद्धन र ढाका प्रयोगमा प्रोत्साहनमा सहयोग गर्नपनि आयोजकले अपिल गरेको छ ।