काठमाडौँ – एनआईसी एशिया बैंकको नयाँ शाखा सल्यानको श्रीनगरमा सञ्चालनमा आएको छ । सल्यान जिल्ला, शारदा नगरपालिका वडा नं १ स्थित श्रीनगर शाखा मंगलबारदेखि सञ्चालनमा आएको हो ।


ADVERTISEMENT


बैंकले सञ्चालनमा ल्याएको उक्त शाखाको उद्घाटन शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले गरेका छन् । श्रीनगर शाखा सञ्चालनमा आएसँगै सल्यान क्षेत्रका ग्राहकलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।


ADVERTISEMENT

# # #


बैंकले मुलुकभर २९८ शाखा कार्यालयहरु, ३५७ एटीएम, ६९ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।