काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार संघीय संसदका दुवै सदनमा गर्ने भनिएको सम्बोधन स्थगित भएको छ।


ADVERTISEMENT


संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा शुक्रबार प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएकोले बिहीबार सदनमा सम्बोधन गर्ने कार्यक्रम रोकिएको हो।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीले बिहीबार प्रतिनिधिसभा र राष्ट्रियसभामा सम्बोधन गर्ने, सांसदका प्रश्नको जवाफ दिने कार्यक्रम थियो।

प्रतिनिधिसभाको चालु अधिवेशनको अन्तिम दिन बिहीबार संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुले संबोधन गर्दैछन् । तर नेकपाको तर्फबाट भने संसदीय दलका उपनेता नेम्वाङले नै संबोधन गर्नेछन् ।