काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलालले सरकारले दुइ तिहाइको दम्भ देखाएर अदालत, प्रहरी, प्रशासन, कर्मचारी, निर्वाचन आयोग प्रेस सबैतीर प्रहार गरिरहेको बताएका छन् ।


ADVERTISEMENT


संविधान दिवसको अवसरमा नेपाल प्रेस युनियनले बिहीबार गरेको अन्तरक्रियामा नेता सिटौलाले उनले सरकारले संवैधानिक निकायलाई कमजोर बनाउन खोजेको मात्र नभइ प्रदेश सरकारलाई समेत अधिकार नदिएको उनले बताए । उनले भने, ‘प्रदेश २ सरकारले मात्र नभइ कम्युनिष्ट पार्टीले नेतृत्व गरेका अन्य प्रदेश सरकारहरुले पनि हामीलाई अधिकार दिइएको छैन भन्न थालेका छन । यसबाट सरकार संघीयता प्रति आस्था राखेको देखिन्न’ ।


ADVERTISEMENT

# # #


उनले प्रधानमन्त्री केपी ओली सरकार संविधान कार्यान्वयनको बाटोमा नभइ कम्युनिष्ट घोषणा कार्यान्वनयको बाटोमा अघि बढेको बताए । उनले भने, ‘सरकारको यस्तो रवैयाले संविधान कार्यान्वयन कमजोर बनेको छ र संघीयताप्रति नै जनतामा निराशा उत्पन्न हुन थालेको छ’ ।

संविधानमै सभामुख र उपसभामुख फरक फरक पार्टीको हुनु पर्ने र सभामुख र उपसभामुख मध्ये एक जना महिला हुनु पर्ने व्यवस्था भए पनि कम्युनिष्ट सरकारले यो व्यवस्थाको उल्लघंन गरी सभामुख र उपसभामुख एउटै पार्टीको बनाएको बताए ।

‘संवैधानिक परिषदमा सबैको उपस्थिति होस भनेर हामीले सभामुख र उपसभामुख फरक फरक पार्टीको होस भनेका हौ । तर सरकारले परिषदमा सभामुख र उपसभामुख एउटै पार्टीको बनाएर संवैधानिक निकायलाई तर्साउन खोजेको छ’ उनले भने । दुई तिहाइको नाममा सरकारले संवैधानिक निकायहरुलाई आफू अनुकुल बनाउन खोजेको उनले बताए ।

सरकार भ्रष्टाचार नियन्त्रण गर्न उदासिन भएको आरोप लगाउँदै उनले सरकारले कम्युस्टि पार्टीको घोषणा पत्र कार्यान्वयन गर्दै शक्ति आफूतीर केन्द्रित गर्न थालेको उनले चर्चा गरे ।