– झलनाथ खनाल, पूर्वप्रधानमन्त्री एवं नेकपा बरिष्ठ नेता

आदरणीय देश तथा प्रवासमा रहनु भएकी सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरु,


ADVERTISEMENT


हामीले संविधान घोषणा गरेको र लागु गरेको चार बर्ष पुगेर पाँचमा प्रवेश गरिरहेको छ । यो अवधिमा संविधान जारी गर्नुका साथ साथै यस्लाई लागु गर्ने शिलशिलामा हामीले राष्ट्रव्यापी रुपमा तीनवटै तहका निर्वाचनहरु सम्पन्न गरेका छौं ।


ADVERTISEMENT

# # #


हामीले संविधानलाई दृढता पूर्वक कार्यान्वयन गर्दै अघि बढेका छौं ।

हामीले यही संविधान अन्र्तगतको संघीयतालाई व्यवहारमा लागु गर्न थालेका छौं । हामीले यो संविधानलाई लागु गर्ने शिलशिलामा कयौं ऐनहरु निर्माण गरेका छौं । यसरी मौलिक हकको निर्माणका सम्बन्धमा पनि हामीले १६ वटा ऐनहरु निर्माण गरेका छौं ।

र अब संविधानलाई कार्यान्वयन गर्दै संविधानले परिकल्पना गरे अनुरुप एउटा नयाँ भविश्य सुखी नेपाली समृद्ध नेपालको भबिष्य तर्फ देश अघि बढ्न थालेको छ ।

यस्तो ऐतिहाँसिक अवसरमा म सम्पूर्ण नेपाली जनता चाहे देश भित्र बस्नु भएको होस् चाहे प्रवासमा पुग्नु भएको होस् सम्पूर्ण दाजुभाइ दिदी बहिनीहरुलाई म हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।

अग्रगती र प्रगतीको निम्ति शुभकामना दिन चाहन्छु ।

धन्यवाद ।

( पूर्वप्रधानमन्त्री झलनाथ खनालले हिमालय पोष्ट मार्फत सम्पूर्ण नेपालीहरुका लागि संविधान दिवशका अवसरमा दिनुभएको शुभकामना सन्देश )

नोट : यस्लाई अन्य सवै सञ्चार माध्यमहरुले साभार गर्दै प्रकाशन प्रशारण गर्न सक्नेछन् ।