काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बनौँला भनेर आफूले संघर्ष नगरेको बताएका छन् । शुक्रबार संविधान दिवसको अवसरमा राधानीको टुँडिखेलमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निजी स्वार्थ नभई मुलुक बनाउनका लागि र साझा सपना पूरा गर्नका लागि कलिलैमा आफुले घर छाडेको उल्लेख गरे ।


ADVERTISEMENT


‘मैले आफैंसँग पटक–पटक प्रश्न गर्ने गरेको छु– आधा शताब्दी अघि कलिलै वयमा आफ्ना दौंतारीहरुसँगै घरबार छोडेर हिंडेको के का लागि ? र, जवाफ पाउने गरेको छु– मुलुक बनाउनका लागि । तपाईं हाम्रा साझा सपना पूरा गर्नका लागि ।’ उनले भने, ‘ यी सबै संघर्षहरुमा मेरो संलग्नता कुनै दिन प्रधानमन्त्री पदको विज्ञापन खुल्ला र निवेदन गरौंला भनेर किमार्थ थिएन ।’


ADVERTISEMENT

# # #


यस्तै उनले आफ्नो टिममा आफूजस्तै अन्य व्यक्तिहरु पनि मृत्युलाई जितेर नाफाको जीवन बाँचेकाले सबैमा देश बनाउने भावना रहेको उल्लेख गरे । ‘धेरै पटक भनेको छु, मैले मृत्युलाई नजिकैबाट देखेको छु । जनबोलीमा भन्नुपर्दा पटक–पटक मरेर बाँचेको छु ।’ उनले भने, ‘म जस्तै मेरो टिममा रहेका धेरै साथीहरु यस्तै नाफाको जिन्दगी बाँची रहनु भएको छ ।’

आम नेपालीहरु दशकौंको संघर्षको प्रतिफल लिपिबद्ध गर्न सफल भएको खुशीयालीमा संविधान दिवसलाई एक उत्सवका रुपमा मनाउन उनले आग्रह गरे । उनले भने, ‘तीनवटै तहमा क्रियाशील हाम्रा ७ सय ६१ सरकारहरुको सक्रियतामा सिङ्गो मुलुकभरी नै मनाईंदै गरेको एकता दिवस हो ।’

संघियता कार्यान्वयनको बाटोमा रहेको र विकासका आधारहरु बनेकाले अब देशले विकास र समृद्धिमा फड्को मार्ने प्रधानमन्त्री ओलीले बताए । ‘भन्नकै लागि त भन्न सकिन्छ नि– खै त रेल, पानी जहाज ? सुरुङ ? अभैm जोड दिएर सोध्न सकिन्छ– हामीलाई सपना किन देखाएको ? हामीमा आशा किन जगाएको ?’ उनले भने, ‘म बिनम्रताका साथ स्वीकार्छु– हो, मैले मुर्छित सपनामाथि पानी छम्केकै हुँ । मैले भनेको हुँ– निदाएको बेलामा देख्ने सपना हैन, ब्युँझिएको बेलाको सपना देखौं ।’

संघियता कार्यान्वयनको बाटोमा रहेको र विकासका आधारहरु बनेकाले अब देशले विकास र समृद्धिमा फड्को मार्ने प्रधानमन्त्री ओलीले बताए ।  ‘भन्नकै लागि त भन्न सकिन्छ नि– खै त रेल, पानी जहाज ? सुरुङ ? अझै जोड दिएर सोध्न सकिन्छ– हामीलाई सपना किन देखाएको ? हामीमा आशा किन जगाएको ?’ उनले भने, ‘म बिनम्रताका साथ स्वीकार्छु– हो, मैले मुर्छित सपनामाथि पानी छम्केकै हुँ । मैले भनेको हुँ– निदाएको बेलामा देख्ने सपना हैन, ब्युँझिएको बेलाको सपना देखौं ।’

सुन्दर भविष्यको सपना देख्ने देशले नै मेहनेत र काम गर्न सक्नेभन्दै उनले त्यसका लागि मुर्छित सपनाहरुलाई जगाउने र तिनिहरुप्रति विश्वास बढाउने काम आफुले गरेको बताए । ‘राष्ट्रिय दिवसको यस अवसरमा म फेरि प्रतिवद्धता जाहेर गर्छु, मुलुकले काँचुली फेर्छ, हाम्रा सपनाहरु पूरा हुन्छन्- हुन्छन् ।’ यस्तै उनले संविधान कार्यान्वयनका सन्दर्भमा कोही पनि पक्ष वा प्रतिपक्षमा विभाजित हुन नसक्ने बताए ।

यस्तै सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा सरकार सञ्चालनको १८ महिनामा भएका उपलव्धिको समेत संक्षित चर्चा गरे । उनले आर्थिक वर्ष २०७५/७६ मा यस दशककै ७.१ प्रतिशतको उच्च आर्थिक वृद्धि हासिल भएको, आर्थिक वर्ष २०७५/७६ मा निर्यात वृद्धि १९.४ प्रतिशतले भएको छ भने आयातको वृद्धि १३.९ प्रतिशतमा सीमित गरिएको उल्लेख गरे ।

यस्तै उनले आर्थिक वर्ष २०७५/७६ मा राजस्व संकलनमा २२.६ प्रतिशतले बृद्धि भएको, वैंकहरुको कर्जा विभिन्न क्षेत्रमा उल्लेखनीय मात्रामा विस्तार भएको, स्थानीय तहमा वाणिज्य वैंकहरुका शाखा ३ सय ९४ बाट ७ सय ३७ मा पुर्‍याएको, भेहिकल÷कन्साइनमेन्ट ट्रयाकिङ् प्रणाली लागू गरेर राजश्व चुहावट नियन्त्रण गरेको समेत जनाएका छन् ।

अघिल्लो आर्थिक वर्षमा करिव १ हजार ६ सय किमि कालोपत्रे सडक निर्माण भएको र २ सय ४३ सडक पूलहरुको निर्माण कार्य सम्पन्न भएको प्रधानमन्त्री ओलीको भनाई छ । विद्युत उत्पादन बढाएको, वृक्षारोपणमा १४१ प्रतिशत वृद्धि गरेको, भूकम्पबाट क्षति भएका ४ लाख ९२ हजार निजी घर, ५ हजार विद्यालय र ६ सय ६५ वटा स्वास्थ्य चैकीको पुनर्निर्माण कार्य सम्पन्न भएको उनले बताएका छन् । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले पेट्रोलियम पाइपलाइनदेखि प्रधानमन्त्री रोजगार कार्यक्रमसम्मका उपलब्धीहरु बताएका छन् ।