काठमाडौं – साफ यु-१८ च्याम्पियनसिप आजदेखि काठमाडौँमा सुरु हुँदैछ । घरमै उपाधी राख्ने लक्ष्यका साथ नेपालले उद्घाटन खेलमा आज माल्दिभ्सको सामना गर्दैछ ।


ADVERTISEMENT


खेल हलचोकस्थित एपिएफको खेलमैदानमा हुने छ । यसअघिका संस्करणमा माल्दिभ्सविरुद्ध सुखद नतिजा हात पारेको नेपाल सोही नतिजालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ।


ADVERTISEMENT

# # #


६ देशले सहभागिता जनाएको प्रतियोगितामा प्रशिक्षक चेतनारायण श्रेष्ठले घरेलु मैदानको फाइदा उठाउने बताए। उनले नेपालले प्रतियोगिताअघि ४५ दिन तयारी गरेको र टोली उत्कृष्ट बनेको बताए ।

प्री–म्याच कन्फरेन्समा प्रशिक्षक श्रेष्ठले टोलीको तयारी उत्कृष्ट रहेकाले उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य रहेको जनाएका हुन्। यस्तै नेपाली टोलीका कप्तान जया गुरुङले घरेलु मैदानको फाइदा उठाउँदै उपाधि जित्नकै लागि मैदान उत्रने प्रतिक्रिया दिए।

समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल असोज ५ गते भुटानसँग खेल्नेछ। समूह ‘बी’ मा भारत, श्रीलंका र बंगलादेश छन्। समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्।