जनकपुर– धार्मिक धरोहरको रुपमा रहेको जनकपुरस्थित जानकी मन्दिरमा ‘नियमित चेकजाँच’ भन्दै प्रहरीले सर्वसाधारणलाई आवतजावतमा रोक लगाएको छ।


ADVERTISEMENT


प्रहरीको बाक्लो उपस्थितिमा मन्दिर भित्रबाट पुजारी र मन्दिरको प्राङ्गणमा व्यापारी व्यवसायी र श्रद्धालु भक्तजनहरुलाई समेत मन्दिर परिसरबाट हटाइएको छ । मन्दिर स्रोतका अनुसार प्रहरीलाई मन्दिरमा बम रहेको भनी कसैले फोन गरेपछि एकाएक मन्दिर नै खाली गराई खोजी कार्य जारी रहेको बताइएको छ ।


ADVERTISEMENT

# # #


यता प्रहरीले केही आधुनिक यन्त्र लिएर समेत खोजी कार्य जारी राखेको एक प्रहरीले बताए । तर यसबारे प्रहरीले भने हालसम्म पुष्टि गरेको छैन ।

यद्यपि, प्रदेश नम्बर २ का प्रदेश प्रहरी प्रमुख प्रध्युम्न कार्कीले जानकी मन्दिरमा कसैले बमको हल्ला फैलाएको र प्रहरीले खोजी गर्दा केही पनि नभेटेको बताए । बमको हल्ला चलेको भने उनले पुष्टि गरे । बम खोज्नका लागि प्रहरीले दुईवटा प्रशिक्षित कुकुर र आधुनिक यन्त्र लिएर करिब २ घन्टा सम्म खोजी कार्य गरेको थियो