काठमाडौं –साफ यु–१८ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपाल बराबरीमा रोकिएको छ । शुक्रबार समूह ए अन्तर्गत भएको खेलमा नेपालले माल्दिभ्ससँग १-१ गोलको बराबरी खेलेको हो ।


ADVERTISEMENT


गत वर्षको विजेता टिम नेपाल शुक्रबार काठमाडौंमा भएको पहिलो खेलमा माल्दिभ्ससँग १–१ को बराबरीमा रोकिएको हो । १३ औं मिनेटमा गोल खाएर पछि परेको नेपालले ७४ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएको हो ।


ADVERTISEMENT

# # #


माल्दिभ्सका लागि हसन नाजिमले गोल गरे भने नेपालका लागि मनिष डाँगीले गरे । १८ वर्षमुनिको साफ च्याम्पियनसिप लगातार दुई पटक जितेको नेपालको लक्ष्य यस वर्ष पनि उपाधि जित्ने रहेको छ।