काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजि (एससीटी)ले कन्ट्याक्ट लेस कार्ड भित्र्याउने भएको छ । एससीटीले युनियन पेसँगको सहकार्यमा कन्ट्याक्ट लेस कार्ड भित्र्याउन लागेको हो ।


ADVERTISEMENT


एससीटीले युनियन पे इन्टरनेशनसँग सहकार्य सुरु गरि अत्याधुनिक ‘कन्ट्याक्ट लेस’ कार्डको लञ्चिङ गरेको छ । यो कार्ड अन्य कार्डहरुको तुलनामा सुरक्षित मानिन्छ ।
अहिले अधिकांश जसो बैंकहरुले म्यागनेटिक कार्ड प्रयोग गरिरहेका छन् ।


ADVERTISEMENT

# # #


म्याग्नेटिक भन्दा चिपमा आधारित कार्ड धेरै सुरक्षित मानिन्छ । केहि दिन अघि भएको एटिएम ह्याकिङ प्रकरण पछि गठित अध्ययन समितिले पनि म्याग्नेटिक कार्ड विस्थापित गर्नु पर्ने सुझाव दिएको छ ।

म्याग्नेटिक भन्दा चिप कार्ड सुरक्षित मानिन्छ भने चिप भन्दा पनि कन्ट्याक्ट लेस कार्ड बढी सुरक्षित मानिन्छ । एससीटीका अध्यक्ष देबिप्रकाश भट्टचनले नेपाली कार्ड र अत्याधुनिक सुमेत भएकाले प्रयोगकर्तालाई यो कार्ड प्रयोग गर्न आग्रह गरे ।

एससीटी भर्खरै नयाँ व्यवस्थापनले जिम्मा दिएको हो । यसमा प्रभु ग्रुपका साथै आइएमइ समुह र हिमालयन बैंकले समेत लगानी गरेका छन् । प्रमु ग्रुपको समेत अध्यक्ष रहेका भट्टचनले एससीटीको सेयर राष्ट्र बैंकले समेत लिने उनले बताए ।

तत्कालै हकप्रद सेयर दिएर चुक्ता पुँजी बढाउने र त्यसपछि सर्वसाधारणलाई साधारण सेयर समेत बिक्री गरिने अध्यक्ष भट्टचनले जानकारी दिए । एससीटीले १६ वर्ष अघि नेपालमा कार्ड भित्र्याएको थियो ।