काठमाडौं – गोरखा केन्द्रबिन्दु भएर शनिबार बिहान ४ रेक्टरस्केलको भूकम्प गएको छ ।


ADVERTISEMENT


राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ६ बजेर १९ मिनेटमा गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।


ADVERTISEMENT

# # #


भूकम्पको धक्का गोरखा, धादिङ, तनहुँ र लमजुङमा महसुस गरिएको थियो ।

एक हप्ताको बीचमा यसअघि सुदूरपश्चिमा तीनवटा र लमजुङ केन्द्रबिन्दु भएर एक भूकम्प गइसकेको छ । २०७२ वैशाख १२ गते गते गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प जाँदा ठूलो जनधनको क्षति भएको थियो ।