काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रस्तावित उपाध्यक्ष बामदेव गौतमले कास्की–२ बाट उपनिर्वाचन नलड्ने घोषणा गरेका छन् ।


ADVERTISEMENT


हिजो शनिवार बसेको नेकपाको सचिवालयको बैठकमा गौतमले उपचुनाव नलड्ने प्रस्ताव राखेको बताईन्छ । यद्यपि यसलाई औपचारिक धारणाको रुपमा नलिने र थप अध्ययन गरेर मात्र निर्णयमा पुग्ने सहमति भएको एक सचिवालय सदस्यले जानकारी दिए ।


ADVERTISEMENT

# # #


यसैबीच गौतमले सामाजिक संजाल फेसबुकमा एक लामो स्ट्याटस लेख्दै आफूले कास्कीबाट उप निर्वाचनमा नउठ्ने धाराणा बाहिर ल्याउनु भएको छ ।
उनले स्थानिय पार्टीका साथीहरुलाई नै अवशर दिनुपर्ने भन्दै आफू उपर्निवाचनमा कास्कीबाट भाग नलिने बताएका हुन्।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि रिक्त भएको कास्की २ मा उपचुनाव हुँदैछ । यहाँ गौतम उठ्ने तयारी थियो ।

गौतम एकाएक पछि हटेपछि भने स्व. अधिकारीकी पत्नी विद्या भट्टराई यस क्षेत्रमा उम्मेदवार बन्ने सम्भावना बलियो भएको छ । उनी अखिलकी पूर्व नेतृ हुन् । यप्दी उपर्निवाचनको उम्मेदवार टुङ्गो नलागिसकेकाले यही उम्मेदवार हो भन्न चाँहि हतारो हुने बताईन्छ ।