काठमाडौं – एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) प्रदान गरिएको छ ।


ADVERTISEMENT


संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारीबाट प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) द्वारा विभुषित गर्ने घोषणा भएको हो । सरकारले संविधान दिवसका अवसरमा मुलुकका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरु विभिन्न पदवीबाट विभुषित गर्ने गरेको छ ।


ADVERTISEMENT

# # #


नेपाल सरकारको सिफारिसमा मुलुकको समग्र बैंकिङ्ग क्षेत्रमा न्यौपानेले र्पुयाएको योगदानको कदर स्वरुप संविधान दिवस २०७६ को अवसरमा शुक्रबार उक्त पदवीको घोषणा भएको हो ।

सिईओ न्यौपाने नेपालको बाणिज्य बैंकहरुमा कार्यरत प्रमुख कार्यकारी अधिकृतहरु मध्ये सवैभन्दा कान्छा सिईओ पनि हुन् । चार्टड एकाउण्टेन्ट समेत रहेका न्यौपाने रसुवामा जन्मिएका हुन् ।

नेपाल सरकारले घोषणा गरेको पदवी आगामी बैशाखमा दिने बताएको छ ।