काठमाडौँ – जनता बैंकले आफ्ना शेयरधनीलाई १२ प्रतिशत लाभांश दिने भएको छ । बैँकको आइतबार बसेको सञ्चालक समितिको २९१ औं बैठकले उक्त निर्णय गरेको हो ।


ADVERTISEMENT


बैँकका शेयर धनीले अर्थिक वर्ष २०७५/०७६ मा बैंकले प्राप्त गरेको मुनाफा रकमको असार मसान्तसम्म कायम रहेको चुक्ता पूँजीको १२ प्रतिशत रकम लाभांश पाउने छन् । बैँकका अनुसार आ.व. २०७५/०७६ मा बैंकले १ अर्ब ३१ करोड ८ लाख ४७ हजार ६०३ रुपैयाँ मुनाफा गरेको थियो । त्यसमध्ये २०७६ असार मसान्तमा कायम रहेको चुक्ता पूँजी ८ अर्ब ०७ लाख ८५ हजार ९२५ रुपैयाँको १२ प्रतिशतले हुन आउने ९६ करोड ९४ हजार ३१० रुपैयाँ शेयर धनीप्लाई लाभांश स्वरुप प्रदान गरिनेछ ।


ADVERTISEMENT

# # #


प्रस्तावित १२ प्रतिशत मध्ये ६ प्रतिशत बोनश शेयर र ६ प्रतिशत नगद लाभाँश वितरण गरिनेछ भने नियमानुसार लाग्ने कर शेयरधनीहरुलाई वितरण गरिने नगद लाभाँशबाट कट्टा गरिने बैँकले जनाएको छ ।

बैंकले प्रस्ताव गरेको बोनस शेयर तथा नगद लाभाँश रकम नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरी आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।