काठमाडौं – प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ । काठमाडौंको बाँसवारीस्थित प्रेम खाजा घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने दोलखाका ४८ वर्षीय प्रेम मगर सहित ६ जना पक्राउ परेका छन् ।


ADVERTISEMENT


प्रहरीले उनीहरुबाट नगद १७ हजार ९ सय २० रुपैयाँ र ३ बुक तास समेत बरामद गरिएको जनाएको छ ।


ADVERTISEMENT

# # #


महानगरीय प्रहरी वृत्त महराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।