काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती कर्मचारीहरुले सेवा र सुविधामात्रै मागेर हैरान पारेको गुनासो गरेका छन् ।


ADVERTISEMENT


सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पण्डितले लगानी अनुसार परिणाम प्राप्त नभएकाले निजामती कर्मचारीको संख्या कटौती गर्न लागिएको बताए । उनले आवश्यक संख्यामा मात्रै निजामती कर्मचारी राख्न लागिएको स्पष्ट पारे ।


ADVERTISEMENT

# # #


उनले निजामती सेवालाई गुणस्तरीय बनाउने प्रतिवद्धता पनि व्यक्त गरे ।

निजामती कर्मचारीको संख्या बढदै जाँदा त्यसका सेवा, सुविधामा केही कमी आउनुलाई स्वभाविक रुपमा लिनुपर्ने मन्त्री पण्डितको भनाई थियो ।