चितवन – सञ्चारकर्मी रवि लामिछानेसहित अन्य २ जनाविरुद्ध चलिरहेको आत्महत्या दुरुत्साहन मुद्दामा साक्षीसँगको बयान लिने काम सकिएको छ । वादीतर्फ १२ जना र प्रतिवादीतर्फका ४ जनाको वकपत्र लिने काम सकिएको हो ।


ADVERTISEMENT


आइतबार, सोमबार र मंगलबार ३ दिनसम्म वादी र प्रतिवादीतर्फको वकपत्र लिने काम भएको जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिनुभयो ।


ADVERTISEMENT

# # #


वकपत्र लिने काम सकिएसँगै मुद्दाको पेशी २७ गतेका लागि तोकिएको छ । वकपत्रका लागि बादीतर्फका २ जना नआएको भए पनि आवश्यक पर्दा पछि अदालतले झिकाउने उहाँले बताउनुभयो ।

सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेलले उच्च अदालत पाटनको हेटौँडा इजलासमा जिल्ला अदालत चितवनको फैसला चित्त नबुझेको भन्दै फैसला बदर गर्न संयुक्त निवेदन दिएका छन् ।