भक्तपुर। सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ५ कटुन्जेमा बस्ने एक जना कर्मचारीले आत्महत्या गरेका छन् । कंलकीस्थित मालपोत कार्यालयमा खरिदार पदमा कार्यरत रामहरि सुवेदीले आत्महत्या गरेका हुन् । सुवेदीको पुरानो घर सुनसरी इनरुवा नगरपालिका–५ घर भएपनि पछिल्लो केही वर्षदेखि कटुन्जेमा बस्दै आएका थिए ।


ADVERTISEMENT


सोमबार दिउँसो ४७ वर्षीय सुवेदीले कटुञ्जेस्थित आफ्नै घरको भ¥याङ्गमा झुण्डिएर आत्महत्या गरे । कलंकी मालपोत कार्यालयमा रहँदा गएको असार महिनामा एक हजार रुपैयाँ लिँदै गरेको सीसी क्यामेराको दृश्यमा कैद भएको स्रोतको भनाई छ । छानबिनको क्रममा अख्तियारले उनलाई साउन २२ गते पक्राउ गरेको थियो । अख्तियारले पक्राउ गरी ४२ दिन थुनामा बसेर भदौ ३१ गते सुवेदी धरौटीमा रिहा भएर घर आएका थिए ।
आक्रोशित मुद्रामा रहेका सुवेदीका आफन्तको आरोप थियो ‘अख्तियारले पटक(पटक बयान लिँदा मानसिक तनावमा आएर उनले आत्महत्या गरे ।’ अबौं, करोडौँ घुस खानेहरुलाई अख्तियारले केही गर्न नसक्ने तर सेवाग्राहीले खुसी भएर एक हजार रुपैयाँ खाजा खान दिएको कुरालाई घुस भनेर तनाव दिएको आत्महत्या गर्न बाध्य बनाएको उनका आफन्तको भनाई छ ।


ADVERTISEMENT

# # #


मृतक सुवेदीको शव भक्तपुर अस्पतालमा पोस्टमर्टमपछि आजै दाहसंस्कार गरिएको छ । सुवेदीको घरमा वृद्ध आमा, श्रीमती, एक छोरा र एक छोरी छन् ।