काठमाडौँ – एनआईसी एशिया बैंक लिमिटेडले ल्याएको बचत खाताको योजनाअन्तर्गत विभिन्न खातावाललाई बीमा सुविधा अन्तर्गतको बीमा रकम दाबी भुक्तानी गरिएको छ ।


ADVERTISEMENT


जसअन्तर्गत बैंकको सुनवल शाखाका न्यू प्रिमियम समुन्नती बचत खातावाहक देउ प्रसाद गुरुङ दुर्घटनामा परी निधन भएका कारण खातावालकी श्रीमती रन सुबा गुरुङलाई बीमा दुर्घटना वापतको रकम ४ लाख ९१ हजार २५३ रुपैयाँ भुक्तानी गरिएको छ ।


ADVERTISEMENT

# # #


यसैगरी बैंकले मेडिकल बीमावापतको रकम काठमाडौंको भोटाहिटी शाखाकी चमत्कारिक नारी बचत खातावाहक मीना चित्रकारलाई २६ हजार ५१९ रुपैयाँ, नेपालगञ्ज शाखाकी चमत्कारिक बचत खातावाहक तारा कुमारी बुढाथोकीलाई ६७ हजार ९३३ रुपैयाँ, कलंकी शाखाका चमत्कारिक तलब बचत खातावाहक ज्ञान बहादुर पराजुलीलाई ५९ हजार ९०४ रुपैयाँ प्रदान गरिएको बैँकले जनाएको छ ।

यस्तै झापा केचनाकवल शाखाकी चमत्कारिक बचत खातावाहक पद्मा मिश्रलाई १० हजार ४३९ र झापा झिलझिले शाखाका चमत्कारिक बचत खातावाहक शंकर थापालाई पनि २८ हजार ७५० रकम भुक्तानी गरिएको छ ।

बैंकले मुलुकभर ३०१ शाखा कार्यालयहरु, ३५९ एटिएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।