काठमाडौं । मेगा बैंकले गण्डकी विकास बैंक लिमिटेडलाई प्राप्ती गर्ने सैद्धान्तिक सहमति भएको छ ।


ADVERTISEMENT


मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाह र गण्डकी विकास बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष शुशील गौचनले दुबै बैंकको सञ्चालक समितिका सदस्यहरु लगायत प्रमुख कार्यकारी अधिकृतहरुको रोहवरमा आज बुधबार एक्विजिशन सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


पुँजी, व्यवसायको आकारका साथै शाखा सञ्चालनमा बृहत वृद्धि भई देशकै ठूलो “क” वर्गको वाणिज्य बैंकको रुपमा स्थापित हुने मेगा बैंकका अध्यक्ष शाहले बताएका छन् । गण्डकी विकास बैंक लिमिटेडको शेयर रोक्काको प्रक्रिया लगायत नेपाल राष्ट्र बैंक समक्ष संयुक्त निवेदन दर्ता गर्ने कार्य तत्कालै अघि बढाईने जनाईएको छ ।

आषाढ मसान्त २०७६ को तथ्यांक अनुसार दुबै बैंकको संयुक्त निक्षेपको आकार १ खर्ब १२ अर्ब तथा कर्जा लगानीको आकार ९८ अर्ब रहेको छ । शाखा संख्या १ सय ९१ पुग्ने भएको छ ।