भक्तपुर – राउटे समुदायले बनाएका काठका सामाग्री भक्तपुरको पाँच तले मन्दिर अगाडि प्रदर्शनीमा राखिएको छ । शुक्रवार र शनिवार दुई दिनसम्म चल्ने उक्त प्रर्दशनीमा राखिएका सामाग्री राउटे समुदायले एउटै हतियार बोसिलाले बनाएका हुन् ।


ADVERTISEMENT


घरयासी प्रयोगमा आउने काठबाट निर्मित सानो गोलो पिर्का, बिर्को भएको कोशि (हटकेश) सानो मधुस ( कन्तुर) , बाँकस, रोटी बेल्ने चकला, डाडु, पन्यु लगायतका सामाग्री प्रर्दशनीमा राखिएका हुन् । प्रति सामग्रीको मूल्य ८०० देखि चार हजार रूपियाँसम्म निर्धारण गरिएको छ । उक्त सामानमा फलामको किला प्रयोग गरिएको छैन् ।


ADVERTISEMENT

# # #


दैलेखकको गुराँस गाउँपालिकाका प्रकाश कलियाल, शिवराज शाही, दीपक शाही र कलम शाहीले सिसौका काठबाट बनाएका विभिन्न हाते सामाग्री प्रदर्शनीमा राखिएको हुन् ।

मानवीय आस्था नेपाल र समाज विकास केन्द्र नामक संस्थाले उनीहरुलाई भक्तपुरमा ल्याउनका लागि आवश्यक सहयोग गरेको मानवीय आस्था नेपालका परियोजना संयोजक जयराम वाग्लेले जानकारी दिए ।
राउटेले प्रर्दशनीमा राखिएको सामाग्री खरिद गर्दै सांसद महेश बस्नेलते राउटे समुदायलाई समाजमा घुलमिल गराउनका लागि उनीहरूले बनाएको सामाग्री प्रर्दशनीमा राख्ने व्यवस्था मिलाइएको बताए । उनले अब राउटे समुदाय वन जङ्गलमा मात्र नभइ नेपाली समाजमा घुलमिल भइ उनीहरूको आर्थिक र सामाजिक रूपान्तरण हुनुपर्नेमा जोड दिए ।

उक्त चार जना राउटे टोलीका प्रमुख प्रकाश कलियालले दसैंका लागि खर्चको जोहो गर्नका लागि आफूले बनाएको सामाग्री प्रर्दशनीमा राख्न भक्तपुर आएको जानकारी दिए ।

दुई दिनसम्ममा सबै सामान विक्री गरी पुनः दैलेख नै फर्कने आफूहरुको सोच रहेको उनको भनाइ छ ।