काठमाडौँ – सिंगापुरमा आजदेखि सुरु भएको त्रिकोणात्मक सिरिजमा नेपालले टेष्ट राष्ट्र जिम्बाब्वेविरुद्ध टस जितेर ब्याटिङ गरिरहेको छ ।


ADVERTISEMENT


युवा खेलाडी इशान पाण्डे र कुशल मल्लले डेब्यू गरेका छन् । टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल र जिम्बावेबीच पहिलो पटक प्रतिस्पर्धा गर्दैछ। यसअघि गत वर्ष विश्वकप छनोट अन्तर्गत नेपालले जिम्बाब्बेसंग उसकै घरेलू मैदानमा ५० ओभरको खेल खेलेको थियो । उक्त खेलमा नेपालल ११६ रनले पराजित भएको थियो ।


ADVERTISEMENT

# # #


त्यसपछि यी दुई टिम पहिलो पटक भिड्दैछन् । जिम्बाब्वेको क्रिकेट संघ आइसीसीको निलम्बनमा परेपछि उसले यही महिना युएईमा हुने विश्वकप छनोट गुमाएको छ । यता नेपाल एशिया फाइनलमा सिंगापुरसंग पराजित हुँदै विश्वकप छनोटमा पुग्न असफल भएको थियो ।

नेपालजस्तै जिम्बाब्वेको टिमपनि युवाले भरिएको छ । कप्तान हेमिल्टन मासाकाड्जाले भर्खरैमात्रै बंगलादेश र अफगानिस्तानसंगको त्रिकोणत्मक टी–२० सिरिजमा सन्यास लिइसकेका छन् । यस्तै ब्रेन्डेन टेलर, उत्कृष्ट अलराउण्डर सिकन्दर राजा टिममा छैनन् ।

यता नेपालका अनुभवी ब्याट्सम्यान शरद भेषवाकर, भेट्रान बलर वसन्त रेग्मी टिममा पर्न सकेका छैनन् । उपकप्तान ज्ञानेन्द्र मल्लले व्यक्तिगत कारण देखाउँदै सिरिज नखेल्ने बताएपछि उनको ठाउँमा दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । टिममा कुशल मल्ल र इशान पाण्डले पहिलो पटक स्थान बनाएका छन् भने आरिफ शेख र सन्दीप जोराले पुनरागमन गरेका छन् ।

यस्ते छ प्लेइङ ११
पारस खड्का, इशान पाण्डे, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, सन्दीप जोरा, कुशल मल्ल, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र अभिनास बोहरा ।