काठमाडौँ – सिंगापुरमा आजदेखि सुरु भएको त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले टेष्ट राष्ट्र जिम्बाब्वेलाई १३३ रनको सामान्य चुनौति दिएको छ ।


ADVERTISEMENT


सिंगापुरको इण्डियन एशोसिएसनको मैदानमा टस जितेर ब्याटिङ राजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३२ रन बनायो । नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४० रन बनाए । सन्दीप जोरासंग पाँचौ विकेटका लागि सर्वाधिक ३४ रनको साझेदारी गरे । त्यसक्रममा उनले ३३ बलमा ५ चौका प्रहार गरे ।


ADVERTISEMENT

# # #


यस्तै सन्दीप जोराले १५ बलमा २ चौकाको मदतमा १७ रन बनाए । यसअघि कप्तान पारस खड्काले १८ रन बनाए । उनले २२ बलमा ३ चौका प्रहार गरे । आरिफ शेख ८ रनमा आउट हुँदा डेब्यू गरेका इशान पाण्डे र कुशल मल्ल क्रमशः ४ र २ रनमा आउट भए ।

विनोद भण्डारी ११ रनमा नटआउट रहँदा सोमपालले आक्रामक खेले । उनले १४ बलमा २५ रन बनाउँदा ३ छक्का ठोके ।

जिम्बाब्वेका लागि कप्तान सिन विलियम्सले २ विकेट लिए भने विलिंटन मासाकाड्जा, टेन्डाई चतारा, नेभिल माद्जिभा र टिनोटेण्डा मुटोम्बोड्जीले समान १ १ विकेट हात पारे । जिम्बाब्वेले जवाफी ब्याटिङ गर्दैछ ।