काठमाडौं । बैंकर राजनसिंह भण्डारी सिटिजन्स बैंकको सञ्चालक समितिको अध्यक्षमा निर्वाचित भएका छन् । बैंकको शुक्रबार सम्पन्न १३औं वार्षिक साधारणसभाले भण्डारीलाई सञ्चालकमा निर्वाचित गरेको थियो । नवनिर्वाचित सञ्चालक समितिको ३१४ औं बैठकले भण्डारीलाई शुक्रबार नै अध्यक्ष निर्वाचित गरेको छ ।


ADVERTISEMENT


बैंकका अध्यक्ष शंकर शर्माको अध्यक्षतामा सम्पन्न साधारणसभाले पूर्वसीइओ राजनसिंह भण्डारी, व्यवसायी प्रवलजंग पाण्डे, सजन शमा र सीता कार्कीलाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको थियो ।


ADVERTISEMENT

# # #


सभाले २०७५ र ७६ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७६ आषाढ मसान्तको वासलात, आव। २०७५ र ७६ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएको छ ।

त्यसै गरी साधारणसभाले गत आर्थिक वर्ष २०७५ र ७६ को वितरण योग्य मुनाफाबाट १२ प्रतिशत नगद लाभांश र ३ प्रतिशतले हुने रकम बोनस शेयर दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

बैंकका अध्यक्ष शर्माले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्नेमा विश्वास दिलाउँदै भविष्यमा बैंकले अझ बढी प्रगति हासिल गर्न सक्ने विश्वास सभालाई गराए ।

बैंकले आर्थिक वर्ष २०७५र७६ मा ७४ अर्ब १३ करोड निक्षेप संकलन गरेको छ भने ६५ अर्ब ७ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । यस बैंकले सोहि अवधिभित्र १ अर्ब ४६ करोड खुद नाफा आर्जन गरेको छ ।

बैंकले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त संस्था श्री सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरि अन्य प्रक्रियागत कार्यहरु अगाडि बढिरहेको जनाएको छ । संघीयतालाई दह्रो र सहज बनाउन भूमिका निर्वाह गरेको बैंकले निकट भविष्यमा सातै प्रदेशमा थप १३ वटा शाखाहरु बिस्तार गर्ने योजना अगाडी सारेको छ ।