– शशिकला दाहाल, उपाध्यक्ष, राष्ट्रिय सभा 


ADVERTISEMENT


दाइजो नेपालको पूर्वी तराईमा शुरु भए पनि विस्तारै अन्य क्षेत्रमा समेत सर्दै जाँदैछ । दाइजो बर्तमान समयमा सवै भन्दा अमानवीय महिला हिंसा हो । खास गरी तराई मधेशमा महिला माथि हुने घरेलु हिंसा मध्ये दाइजो (दहेज) मुख्य कारण हो । दाइजोका कारणले महिला माथि विभिन्न खालका हिंसा भैरहेका छन् । दाइजोका कारणले हाम्रा कैयौं छोरी चेली अमानवीय यातनाका कारण हत्या दिनहुँ हुने गरेका छन् । दाइजोकै कारणले प्रत्येक दुई घर पछि महिलाले यातना भोग्नु परेको अध्ययनले देखाएको छ ।


ADVERTISEMENT

# # #


तराईमा मात्र नभएर पहाड र शहरी क्षेत्रमा पनि दाइजो बढ्दै र फैलदै गएकोे छ । अनेक बहानामा केटी पक्षले केटा पक्षलाई नगद या जिन्सी, चल या अचल जुनसुकै भए पनि दिएर विवाह गर्ने चलन छ । आफ्नो मुटु कलेजोको टुक्रा समान छोरी पराइ घरमा दिएर पनि अनेक बहानामा दाइजो दिनुपर्ने बाध्यता छ ।

दाइजोका कारणले कसैले पनि छोरी जन्माउन चाहदैनन् । प्रविधिको विकासको कारणले गर्भमै लिंग परिक्षण गरी छोरीको भ्रुणमै हत्या भैरहेको छ । छोरी जन्मे पछि वावुआमाकोे वोझ भएर लापरवाही जीवन वाच्न वाध्य हुनुपरेको छ । यसकै कारणले तराई मधेशका अधिकांश छोरीहरु उच्च शिक्षा हासिल गर्न बञ्चित छन् । किनकी उच्च शिक्षा हासिल गरेपछि ज्वाई पनि उच्च शिक्षा पढेको हुनु पर्यो त्यही अनुुसार दाइजो दिनु प¥यो । आर्थिक अवस्था कमजोर हुने अभिभावकले त्यति धेरै दाइजोे दिन सक्दैनन् अनि कम खर्चमा सानैमा विवाह गर्ने चलन छ जसका कारणले वालविवाह व्यापक रुपमा मौलाउँदैछ । विवाह पछि पनि दाइजो दिएर पनि छोरीहरु सन्तोष पूर्वक बाच्न सकिरहेका छैनन् । दाइजोकै कारणले अपराध भइरहेको छ र कानूनी उपचार समयमा कार्यान्वयन नहुँदा परिवार नै विखण्डित भैरहेका छन् ।

चलचित्र ‘भोर’ तराई मधेशको वास्तविक कथामा आधारित भए पनि फैलदो अवस्थामा रहेको दाइजोको विरुद्धमा भएको हुँदा जनचेतना बढाउन देश भरी नै प्रदर्शन गर्न जरुरी छ । ‘भोर’ दाइजो विरुद्धमा बनेको चलचित्र भएको हुनाले यसलाई बढी भन्दा बढी प्रभावित क्षेत्रमा अर्थात तराईका जिल्लामा मात्र नभएर सवैतिर पु¥याउन सके समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने विश्वास छ ।

दाइजो दक्षिण एशियाकै सवैभन्दा ठूलो सामाजिक विकृति हो । नेपालको सम्वन्धमा यो अझै विकराल समस्या हो । अझ तराई मधेशको समग्र विकासका सन्दर्भमा नै चुनौतिको रुपमा रहेको कुरा बाहिर आइरहेको छ । तराई मधेशमा जब सम्म महिलाको अधिकार सम्पन्न र क्षमतामा विकास हुदैन तवसम्म मधेशको विकास असम्भाव छ ।

मुलुकि फौजदारी संहिता २०७४ अनुुसार विवाहमा कुनै दाइजो वा सम्पत्ति लेनदेन गर्न हुदैन, त्यस्तो कार्य गर्ने व्यक्तिलाई ३ वर्ष कैद वा ३० हजार रुपैया सम्म जरिवाना वा दुबै सजाय हुन्छ । विवाह गरीसके पछि सम्पत्ति वा दाइजो माग गर्ने र सो नदिएको कारणले दुलही वा केटी पक्षका नातेदारलाई हैरान पार्ने, सताउने वा कुनै अमानवीय वा अपमानजन्य व्यवहार गर्ने व्यक्तिलाई ५ वर्ष सम्म कैद वा ५०,०००।– (पचास हजार) रुपया सम्म जरिवाना वा दुबै सजाय हुन्छ । यदि कसैले सम्पत्ति लिएको रहेछ भने सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नुपर्ने कानूनी व्यवस्था छ तै पनि लुकी छिपी दाइजो लिने दिने कुप्रचलन रोकिएको छैन ।कानूनी रुपमा दाइजो दण्डनीय हुँदा हुँदै पनि समाजमा दाइजोले निरन्तरता पाउनुमा चेतनाको अभाव मूलकारण रहेको छ । एउटै घरमा पीडित र पीडक दुवै पाइन्छ । यस्तो जटिल अवस्थामा रहेर दुःखी र पीडित भएका परिवार प्रसस्तै छन् । समाजमा भएका महिला हिंसा, दाइजोले पारेको समस्या, आफ्नै परिवारले दिएको यातनाका कारणले हत्या, अपहरण जस्ता जघन्य घटना उजागर गरीएको हुँदा भोर चलचित्र मार्फत जनचेतना अभिवृद्धि गर्दै दाइजो प्रति घृणा जागृत गर्न सक्नु नै यस प्रथा विरुद्धको प्रभावकारी जनचेतना जागरण अभियान हुने छ भन्ने मैले विश्वास लिएको छु ।

दाइजो विरुद्ध अभियानमा रहेको ‘भोर’ चलचित्र देशै भरी प्रदर्शन गर्न सकिएमा अवश्य पनि यसले प्रभावकारी जनचेतना जागृत गरी महिला तथा किशोरीले भोग्नु परेको पीडा र अमानवीय व्यवहारको अन्त्य हुने विश्वास मैले लिएकी छु । साथै तराई तथा विभिन्न क्षेत्रमा दाइजोको अतिरिक्त वोक्सी, छाउपडी, छुवाछुत, वालविवाह, वहुविवाह, वहुपतिप्रथा, घुम्टोप्रथा, तेजाव आक्रमण, मानब वेचविखन जस्ता जघन्य अपराध र कूप्रथाहरु रहेकोले यसका विरुद्ध जनचेतना मुलक यस्तै धेरै चलचित्रहरु बनाउन आवश्यक रहेको छ ।