काठमाडौं । नेपाली काँग्रेस काठमाडौं क्षेत्र नम्बर ४ ले दशैं तिहार तथा छठको उपलक्षमा आयोजना गरेको चियापान कार्यक्रममा नेताहरुले कम्युनिष्ट सरकारको दुई तीहाई असफल भएको भन्दै अब बलियो बनेर काँग्रेस ठडिने गर्भिलो भाषण गरेका छन् ।


ADVERTISEMENT


कांग्रेस सभापति शेरबहादुर देउवाले बर्तमान सरकार ईतिहाँसकै असफल भईसकेको भन्दै अब फेरी काँग्रेसको पालो आएको बताए । भ्रष्टाचार, महँगी, कर लगायत जताततै जनता आक्रान्त बनिरहेको भन्दै सरकारका बिरुद्ध संघर्षमा उत्रनका लागि पूर्वप्रधानमन्त्री देउवाले सबैलाई तयार रहन आग्रह गरे । उनले पार्टी भित्रको अन्र्तघात अन्त्य गर्दै काँग्रेस फेरी बलियो बन्ने बिश्वास दिलाए ।


ADVERTISEMENT

# # #


महामन्त्री शशाँक कोईरालाले काँग्रेस ईतिहाँसमा कहिल्यै नहारेको भन्दै गुट उपगुट र अन्र्तघातलाई हराएर पार्टी एकठिक्का बनाएर लाने प्रतिबद्धता व्यक्त गरे । उनले काँग्रेस आफैं बलियो मात्रै भए अरु पार्टीहरुको अस्तित्व आफैं सकिएर जाने भन्दै एकजुट हुन सबैलाई आग्रह गरे ।

केन्द्रिय सदस्य गगन थापाले कम्युनिष्टहरुको चरित्र कपाल नभएकालाई काईयो बेच्ने हुन्छ भन्दै सरकारको दुई तीहाई हैसियत गुमिसकेको बताए । दशैं, तिहार, छठ सबैलाई राम्रोसंग मनाउन आग्रह गर्दै थापाले चाडबाड सकिए पछि भने सरकारका बिरुद्ध आन्दोलन गर्न सबैलाई तयार रहन आग्रह गरे । उनले सडक र सदन दुबै ठाउँबाट काँग्रेसले सरकारका बिरुद्ध आन्दोलन छेड्ने उद्घोष गरेका छन ।

काठमाडौं क्षेत्र नम्बर ४ का सभापति राजु श्रेष्ठले कांग्रेस परिपक्व भएर जनता समक्ष जानुपर्ने धारणा राखे । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईसंगको अन्र्तरंगका प्रसंगहरु सम्झँदै श्रेष्ठले महान बिचार र हैसियतमा उठ्न नेताहरुलाई आग्रह गरे ।

माओबादी जनआन्दोलनको प्रताडना भोगेका आँफुजस्तै तमाम नेता, कार्यकर्ता तथा जनताहरुको मनोभावनामा अन्याय नहुने गरी काम गर्न उनको भनाई छ । पार्टी भित्र सबैलाई मिलाएर गुट, उपगुट र अन्र्तघातको कुप्रथालाई उन्मुलन गर्दै देशमा संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न कांग्रेस फेरी पनि जाग्नुपर्ने बेला आएको श्रेष्ठले बताएका छन् ।