काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द विजयी भएका छन् । उनी विजयराज पाण्डेलाई पराजित गर्दै अध्यक्ष चुनिएका हुन् ।


ADVERTISEMENT


यद्यपि मत गणना जारी छ । ४० मत गणना सकिँदा उनले जितका लागि चाहिने ३० मत पाएका छन् । पाण्डेले भने मात्र १० भोट पाएका छन् । अब १९ मत गणना गर्न बाँकी छ ।


ADVERTISEMENT

# # #


यस्तै कुल ५९ भोटमध्ये ४० मतको गाणना सकिँदा उपाध्यक्षमा राजाबाबु श्रेष्ठले २७ भोट पाएका छन् भन् मिङ्गमा डेन्डु लामाले १३ भोट ल्याएका छन् । श्रेष्ठ चन्द समूहका हुन् भने लामा पाण्डे प्यानलका हुन् ।

यस्तै सचिवमा पनि चन्द प्यानलकै अग्रता रहेको छ । पाण्डे प्यानलका अशोकनाथ प्याकुरेलले २९ भोट पाएका छन् । बिनोद मैनालीले ११ भोट पाएका छन् ।

यता कोषाध्यक्षमा रोशन सिंह २९ भोटका साथ अग्र स्थानमा रहेका छन् । उपेन्द्र भट्टराईले ९ भोट पाएका छन् ।