काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाको नेतृत्व एसएसपी भिम ढकालले पाएसंगै उपत्यकाको ट्राफिक व्यवस्थापनमा नयाँपन भेटिन थालेको छ । आफैं सडकमा पानीमा रुझ्दै ट्राफिक व्यवस्थापनमा खटिएको दृष्यले होस् या उपत्यकाको ट्राफिक व्यवस्थापनको स्थितीलाई दैनिक नै सार्वजनिक गर्ने पद्धतीको सुरुवातले एसएसपी ढकालको कार्यशैली चमत्कारिक देखिएको बिश्लेषण गरिन थालिएको छ ।


ADVERTISEMENT


गत हप्ता देखि सञ्चालित ट्राफिक स्वयंसेवा परिचालन कार्यक्रम समेत सशक्त बनिरहेको देखिएको छ ।


ADVERTISEMENT

# # #


नेपाल प्रहरीको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन भन्दै २३ स्कुल कलेज, २ युवा क्लब, १६ यातायात प्राली, १० ख्यातीप्राप्त कलाकार, १२ एयरहोस्टेन सहित ५०० जनालाई परिचालन गर्दै अघि बढेको अभियान प्रभावकारी बनिरहेको बताईएको छ ।

जेब्राक्रवसङमा पैदलयात्रुहरुलाई सहयोग गर्ने,  पैदलयारुहरूलाई फुटपाथ तथा आकाशेपुल प्रयोग गर्न सहयोग गर्ने, पिक एण्ड ड्रप व्यवस्थापन, यात्रुहरुलाई बस बिसौनीमा लाईन बसी सवारीमा चढ्न सहयोग गर्ने, लेन मर्मतमा सहयोग गर्ने, यात्रु सहायता कक्षमा रहेर सहयोग गर्ने लगायतका कामहरु यस अभियान अन्र्तगत सञ्चालन भईरहेका छन् । यस अभियानले दशैंको संघारमा यात्रुहरुको सहजताका लागि महत्वपूर्ण सहयोग मिलेको र ट्राफिक व्यवस्थापन समेत उत्कृष्ट बनिरहेको प्रतिक्रिया आएको छ ।

१५ दिन सम्म चल्ने अभियानको पहिलो एक हप्ताले उत्साहजनक परिणाम देखाईरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाको निष्कर्ष छ । यस्लाई थप नयाँ ठाउँहरुमा समेत बिस्तार गर्दै लैजाने बताईएको छ ।