काठमाडौँ – एनसीसी बैंकले काठमाण्डौको महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालयलाई ४ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।


ADVERTISEMENT


शिवपुरी माध्यमिक विधालयमा अध्ययनरत स-साना नानीहरुका लागि सूचना प्रविधिमा पँहुच पुर्याउन टीभी तथा आवश्यक सामग्रीका साथै खेलकूदका लागि प्ले स्टेसन सामग्रीको व्यवस्थापन गर्नको निम्ति शुक्रबार उक्त रकम उपलब्ध गराइएको जनाइएको छ ।


ADVERTISEMENT

# # #


बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उपलब्ध गराईएको उक्त रकमको चेक एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले विधालयका प्रधानाध्यापक दिवाकर दूरदर्शीलाई हस्तान्तरण गरे ।