दमक । नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचनमा प्रत्यक्ष मतदानबाट नयाँ नेतृत्व छान्न पाउनु पर्ने भन्दै झापाका दमकबाट आवाज बुलन्द भएको छ । महासंघकी अध्यक्ष भवानी राणा, पूर्वअध्यक्ष चण्डिराज ढकाल उपाध्यक्षद्वय चन्द्र ढकाल, किशोर प्रधान, केन्द्रीय सदस्यहरु हेमराज ढकाल, अभिनाश बोहरा, जय शिवाकोटी, रबिन श्रेष्ठ, रोहित प्रसाई, नरेन्द्र खड्का लगायतका उद्योगी व्यवशायीहरुले प्रत्यक्ष निर्वाचित नयाँ नेतृत्वको बिकल्प नरहेको भन्दै यस्का लागि देशव्यापी अभियान सशक्त बनाउनुपर्ने निष्कर्ष निकालेका हुन् ।


ADVERTISEMENT


दमक उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष गोकुल श्रेष्ठ लगायत पदाधिकारी तथा सदस्यहरुलाई पदहस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै सबै उद्योगी व्यवशायीहरुले महासंघको नयाँ नेतृत्व नयाँ जनमतबाट नै छान्न पाउनु पर्ने भन्दै पूर्वको झापाबाट यस्को पक्षमा घोषित दवाव आन्दोलन सुरु भएको उद्घोष गरेका हुन् ।


ADVERTISEMENT

# # #


कार्यक्रममा प्रदेश उद्योग बाणिज्य संघका एक अध्यक्ष र उपाध्यक्ष, झापा उद्योग संघका अध्यक्ष, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष, कन्काई उद्योग बाणिज्य संघका अध्यक्ष, ईटहरी उद्योग बाणिज्य संघका अध्यक्ष, सुनसरी उद्योग बाणिज्य संघका अध्यक्ष, उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष, मोरङ उद्योग बाणिज्य संघका अध्यक्ष, मोरङ व्यापार संघ, ईनरुवा उद्योग बाणिज्य संघ, ईलाम उद्योग बाणिज्य संघका अध्यक्ष, मेची उद्योग बाणिज्य संघका अध्यक्ष लगायतले महासंघको बिद्यान संसोधनमा एक्यवद्धता जनाउँदै यस्को पहलका लागि संयुक्त आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

महासंघकी अध्यक्ष भवानी राणाले अमुख व्यक्तिका लागि विधान संसोधन नभएर प्रक्रियागत तवरले काम गर्ने क्रममा महासंघको विधान संसोधन गरेर अघि बढ्ने ठोकुवा गरेकी छन् । महासंघको नयाँ नेतृत्वका लागि स्वस्थ र कस्वच्छ प्रतिस्पर्धाको वातावरण तयार हुनेमा सबैलाई बिश्वस्त हुन अध्यक्ष राणाको आग्रह छ । लोकतान्त्रिक अभ्यासबाट आउने नयाँ नेतृत्वको परिणाम समेत प्रभावकारी हुने उनको ठम्याई छ ।

महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकालले नेपाल उद्योग बाणिज्य महासंघलाई कसैले कम आँकेर नआँकिने भन्दै असान्दर्भिक र व्यक्तिबादी सोच हावी बनाउँदै महासंघबाट कुनै पक्ष बाहिरियो भन्दैमा यस्को ईतिहाँस नमेटिने चेतावनी दिएका छन् । सुझावका रुपमा कसैको व्यक्तिकेन्द्रित स्वार्थलाई गहकिलो ईतिहाँस र गरिमा बोकेको महासंघले मान्नैपर्ने बाध्यता समेत नरहेको उनको भनाई छ ।

“अहिले महासंघका केही व्यक्तिहरु आँफु रहँदा महासंघ रहने र नरहँदा संगठन नै नरहने ठूलो भ्रममा छन्” महासंघका पूर्वअध्यक्ष ढकालले भने “महासंघ कमजोर छैन, यो बलियो गरी अघि बढिरहेको छ भबिष्यमा समेत समयसन्दर्भ अनुसारको प्रत्यक्ष निर्वाचन प्रणलीबाट आएको ताजामत सहित महासंघ दू्रत गतिमा अघि बढ्नेछ ।”

उपाध्यक्ष किशोर प्रधानले महासंघको अवको नेतृत्वका लागि अधिकाँस सदस्यहरुको मत प्रत्यक्ष निर्वाचित अध्यक्षमा हुनुपर्ने नै भएकाले तत्काल विधान संसोधन गरेर प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुको बिकल्प नरहेको बताएका छन् । यस्का लागि सिंगो महासंघ एकजुट हुने उनको दावी छ ।

यस्तै, अर्का उपाध्यक्ष चन्द्र ढकालले समेत महासंघ प्रत्यक्ष निर्वाचित प्रणालीमा नै जानुपर्ने बलियो दलिल पेश गरेका छन् । प्रत्यक्ष निर्वाचित प्रणालीलले नै व्यक्तिको हैसियत र आधिकारिकतालाई पुष्टि गर्ने बताउँदै उनले महासंघको दीर्घकालिन हित र वर्तमान आवश्यकता बमोजिम अघि बढ्नका लागि तत्काल विधान संसोधन गर्नुपर्नेमा उनको जोड रहेको छ ।

कार्यक्रममा बोल्दै दमक उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष श्रेष्ठले महासंघ अध्यक्षतात्म पद्धती भएको संस्था भएकाले यस्को अध्यक्ष प्रत्यक्ष निर्वाचित प्रणलीबाट आउनु पर्नेमा जोड दिएका छन् । यस्का लागि बिशेष साधारणसभाले बिधान संसोधन गरेर प्रत्यक्ष निर्वाचनको अध्यक्ष चयनको प्रक्रिया सुरु गर्न आग्रह गरेका छन् ।

दमक उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष राजेन्द्र ढकालले महासंघको मर्यादा र भावना विपरित आँफुहरु नजाने भन्दै महासंघको गरिमालाई निरन्तरता दिनका लागि प्रत्यक्ष निर्वाचनको माध्यमबाट भावी यात्रा अघि बढाउन मेहनत गर्ने बताए ।

साधारण सदस्य गणेश बस्नेतले वर्तमान महासंघ कमजोर भएको आभाव भएको भन्दै चण्डिराज ढकालले नेतृत्व गरेको ताकाको महासंघको उचाई र निजि क्षेत्रको समस्याको अभिभावकत्व बहन गर्नसक्ने आयामका रुपमा लानका लागि र अहिले देखिएका विचलनहरुको ओखतीका रुपमा प्रत्यक्ष निर्वाचित प्रणाली नै प्रभावकारी उपाय हुने मत राखेका छन् ।

यस्तै कार्यक्रममा बोल्ने सबै जिल्ला नगरका उद्योगी व्यवशायीहरुले अध्यक्षतात्मक प्रणाली भएको संस्थाको अध्यक्षलाई हरेक सदस्यले मतदान गर्न पाउनुपर्ने भन्दै सो अधिकारबाट बञ्चित नगराउनका लागि प्रत्यक्ष निर्वाचन प्रणाली सुनिश्चित बनाउनुपर्ने जोडदार माग गरेका छन् ।

महासंघको विधान संसोधनको ज्वारभाटा पूर्वको झापा जिल्लाको दमकबाट सुरु भएर देशव्यापी लहर ल्याउँदै यस्ले पूर्णता पाउनेमा उद्योगी व्यवशायीहरु बिश्वस्त रहेको बताईएको छ ।