काठमाडौँ – एनआईसी एशिया बैंकको दुई नयाँ शाखाहरु काठमाडौंको अनामनगर र चितवनको सौराहामा आश्विन १३ गतेदेखि सञ्चालनमा आएको छ ।


ADVERTISEMENT


काठमाडौं महानगरपालिका वडा नं. २९ अनामनगरस्थित अनामनगर शाखाको समुद्घाटन लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले गरेका छन् । यस्तै आजै चितवन जिल्ला, रत्ननगर नगरपालिका वडा नं. ६ स्थित सौराहा शाखाको समुद्घाटन रत्ननगर नगरपालिकाका मेयर नारायण वनले गरेका छन् ।


ADVERTISEMENT

# # #


यी शाखाहरु सञ्चालनमा आएसँगै सो क्षेत्रका ग्राहक महानुभावहरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।

बैंकले मुलुकभर ३०१ शाखा कार्यालयहरु, ३६३ एटिएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।