काठमाडौँ – यौन दुर्व्यवहारको आरोप लागेका संघीय प्रतिनिधी सभाका सभामुख कृष्णबहादुर महरालाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राजनीनामा दिन निर्देशन दिएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको केन्द्रीय कमिटीको बैठकले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिएर घटनाको अनुसन्धानका लागि सघाउन आग्रह गरेको हो ।


ADVERTISEMENT

# # #


यता सभामुख महराको प्रेस सल्लाहकारमा डिल्ली मल्लका अनुसार सभामुख महराले राजीनामा दिने कुरा नभएको बताएका छन् । उनेले भनेका छन्, ‘सभामुखज्यूले राजीनामा दिने कुरा अहिले केही भएको छैन । धेरै साथीहरुले यस विषयमा चासो राख्नुभएको छ । जानकारी लागि ।’

संसदकी एक कर्मचारीले सभामसख महराले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । पीडित महिलाको दाबी अनुसार सभामुख महरा शनिबार राति ७ बजेतिर ती महिलाको कोठामा आएर यौन दुर्व्यवहार गरेका थिए ।