काठमाडौँ – जिल्लाको खाँडाचक्र नगरपालिका– ५ बिहानीखोलामा आज बिहान डोजर पल्टिँदा दैलेख ठाँटिकाधका सहचालक भरतबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।


ADVERTISEMENT


कर्णाली राजमार्ग खुलाउन जाँदा डोजर पल्टिँएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख श्यामबहादुर ओलियाले बताए । ‘आज बिहान ४ बजे डोजर पल्टिँएको हो ।’ उनले भने,“अहिले जिल्ला अस्पताल कालीकोटमा शव परीक्षणको लागि लगिएको छ ।”


ADVERTISEMENT

# # #