काठमाडौँ – सिंगापुरमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजमा जिम्बाब्बेले नेपाललाई १६१ रनको चुनौति दिएको छ ।


ADVERTISEMENT


सिरंगापुरको इण्डियन एशोसियसन मैदानमा टस हारेर ब्याटिङ थालेको जिम्बाब्बेले निर्धातिर २० ओभरमा ६ विकेट गुमाउँदै १६० रन बनाएको हो ।


ADVERTISEMENT

# # #


जिम्बाब्बेका लागि कप्तान सेन विलिम्सले अर्धशतक हाने । ३५ बलमा उनले ३ छक्का र ४ चौकाको मदतमा ५३ रन बनाए । यस्तै रायन बुर्लले नटआउट २८ रन जोड्दा पिटर मूर २१, टिनोटेण्डा मुटोम्बड्जीले २० तथा रिचमण्ड लमुटुम्बाबीले १७ रन बनाए ।

नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान २-२ विकेट लिए । यस्तै कप्तान पारस खड्का र अभिनास बोहराका नाममा समान १-१ विकेट रह्यो ।

सिरिजको पहिलो खेलमा जिम्बाब्बेसंग हार ब्यहोरेको नेपाल आज जित निकाल्दै अंकतालिकाको शीर्ष स्थान कायमै राख्न चाहन्छ । यता जिम्बाब्बे सिरिजको दोस्रो जितको खोजीमा रहेको छ ।