काठमाडौं – मकवानपुरको विकट राक्सीराङ गाउँपालिका–२ मा रहेको एक विद्यालयको भवन बनाउन जापानी राजदुतावासले एक करोड सहयोग गरेको छ ।


ADVERTISEMENT


नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको विशेष पहलमा जापानी राजुदतावासले राक्सीराङ २ सरिखेत कुंडुलेमा रहेको प्रजा प्रगती आधारभुत विद्यालयको शौचालय र बाथरुमसहितको ६ कोठे भवन बनाउन एक करोड रुपैयाँ सहयोग गरेको हो ।


ADVERTISEMENT

# # #


जापानी राजदुतावासका डेपुटी चिफ अफ मिशन युजो योशियोका र विद्यालयका प्रधानाध्यापक गोपालप्रसाद चौधरीले मंगलबार जापानी दुतावासमा एक कार्यक्रमका बीच सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

मकवानपुरको विकट पश्चिमी क्षेत्र राक्सीराङ गाउँपालिका २ सरिखेतमा अवस्थित ८ कक्षासम्म पठनपाठन हुने र ८० प्रतिशत चेपाङ तथा प्रजाका बालबालिकाहरु अध्ययन गर्ने प्रजा प्रगती स्कुलको ६ कोठे भवन आगामी २०७७ असोज १४ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ ।


कार्यक्रममा बोल्दै नेता बानियाँले आफूले जापानी दुतावासलाई गरेको आग्रह स्वीकार गर्दै ६ कोठे भवन बनाईदिन लागेकोमा दुतावासलाई आभार प्रकट गर्दै उक्त ग्रामीण क्षेत्रका चेपाङ तथा प्रजा बालबालिकाहरु अब वर्षातमासमेत पानी नचुहिने र आरामदायी भवनमा पठनपाठन गर्न पाउने भन्दै खुशी प्रकट गरे ।

राक्सीराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले अवको दिनमा विकट राक्सीराङका पिछडिएका चेपाङ तथा प्रजाका बालबालिकाले ढुक्कसंग पठनपाठन गर्न पाउने भन्दै दुतावास र विशेष पहल गरिदिने कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता बानियाँलाई विशेष धन्यवाद दिए ।

राक्सीराङ गाउँपालिका २ मा रहेको ८ कक्षासम्म पठनपाठन हुने प्रजा प्रगतीमा ५ स्थायी शिक्षक र ४ जना निजि श्रोतका गरी ९ जना शिक्षकहरुले पठनपाठन गराईरहेका छन् ।