काठमाडौं । सिंगापुरमा सम्पन्न त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट सिरिजमा आयोजक सिंगापुरसँग मात्र जित निकालेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज ओमान जाँदैछ ।


ADVERTISEMENT


पाँच राष्ट्र सम्मिलित टि–ट्वान्टी सिरिजमा सहभागि हुन नेपाल सिंगापुरबाट सिधै ओमान जान लागेको हो । नेपाली टोलीका व्यवस्थापक रमन सिवाकोटीका अनुसार टोली दिउँसो श्रीलंकन एयरलायन्सबाट ओमान जानेछ ।


ADVERTISEMENT

# # #


ओमानमा पर्सिबाट टि–ट्वान्टी सिरिज सुरु हुँदैछ । नेपालको पहिलो खेल भने आइतबार छ । आइतबार हङकङसँग खेल्दै सिरिज यात्रा सुरु गर्ने नेपालले सोमबार नेदरल्याण्डको सामना गर्नेछ । २२ गते बुधबार आयरल्याण्डसँग खेल्ने नेपालले २३ गते बिहिबार आयोजक ओमानसँग खेल्नेछ ।