काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको विधान संसोधन निर्विकल्प बनेको देखिएको छ । महासंघमा बलियो होल्ड राख्ने पक्षले प्रत्यक्ष निर्वाचित अध्यक्ष सहित सुधारका बिषयहरुलाई संसोधन गर्दै विधानलाई समय सान्दर्भिक बनाउनेमा अब कुनै दुबिधा नरहेको स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


दशैंको शुभकामना आदन प्रदान तथा कार्तिक २९ गते हुने विधान संसोधन बिशेष साधारण सभामा एकबद्ध भएर अघि बढ्ने सामुहिक प्रतिबद्धता सहित लोकतान्त्रिक मूल्य मान्यता नै महासंघको अभिष्ट रहेको बताईएको हो ।


ADVERTISEMENT

# # #


महासंघका पूर्व बरिष्ठ उपाध्यक्ष भाष्करराज कर्णिकार, जिल्ला नगरका उपाध्यक्ष किशोर प्रधान, बस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ, एसोसिएट उपाध्यक्ष चन्द्र ढकाल, तीन नम्बर प्रदेशका अध्यक्ष दिनेश श्रेष्ठ, ५ नम्बर प्रदेश अध्यक्ष गुणनिधी तिवारी, १ नम्बरका कार्यबाहक अध्यक्ष राजेन्द्र राउत लगायतले पत्रकारहरुलाई महासंघको विधान संसोधन भएरै छाड्नेमा बिश्वस्त बताएका छन् । यस्मा कोषाध्यक्ष निरक केसीको समेत समर्थन रहेको बुझिएको छ ।

महासंघका पदाधिकारीहरुले प्रत्यक्ष निर्वाचित अध्यक्ष सहित विधान संसोधनको औचित्य बताईरहँदा पूर्वअध्यक्ष तथा बिशिष्ठ सदस्य एवं विधान संसोधन समितीका संयोजक चण्डिराज ढकाल समेत कार्यक्रमलाई नियालिरहेका थिए । कार्यक्रम समापन पछि आईपुगेकी अध्यक्ष भवानी राणाको समेत मनोभावना विधान संसोधनकै पक्षमा रहेको बुझ्न सकिन्थ्यो ।

प्रदेशका अध्यक्षहरु, ४० भन्दा बढी बस्तुगत र जिल्ला नगर अद्योग बाणिज्य संघका अध्यक्षहरु, ३२ जना भन्दा बढी केद्रिय सदस्यहरु कार्यक्रममा सहभागी थिए ।

महासंघको नेतृत्वमा कसैलाई रोक्न र कसैलाई छेक्न भन्दा पनि सबै योग्यता पुगेका र विधानले योग्य ठहराएका व्यक्तिहरुले प्रतिस्पर्धा गर्न पाउनु पर्छ भन्नेमा सबै पदाधिकारीको जोड छ ।

पूर्व अध्यक्षहरुले निकालेको विज्ञप्तीको औचित्यका बारे समेत त्यस अवसरमा चर्चा भएको छ । राजतन्त्रमा हालिमुहाली मच्चाउनेहरुले महासंघलाई फेरी पनि राजा पछि राजकुमारलाई राजा बनाउने तर्फ लागेको भन्दै आलोचना भएको छ ।

“यो उहाँहरुको सैद्धान्तिक बिचलन हो” महासंघका पदाधिकारीहरुको आरोप छ “विधान संसोधनको पहिलो बुँदालाई स्विकार गर्दै पाचौं बुँदामा अबरोध गर्नुले संसोधनको मर्मलाई तुहाउन खोजएको हो, यो अव दिवा सपना मात्रै भएको छ, विधान संसोधनलाई कसैले चाहेर पनि रोक्न सक्तैन ।”

प्रत्यक्ष निर्वाचन प्रणालीमा पूर्व अध्यक्ष लगायत महासंघका सबै एकमत रहेको बुझिएको छ । तर आगामी नेतृत्व बरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई नै दिने र त्यसपछि मात्रै प्रत्यक्ष निर्वाचनमा जाने लबिङले व्यक्तिका पछि महासंघलाई सती लैजान खोजेको भन्दै पूर्व अध्यक्षहरु अस्पष्ट, बिचलित र अन्यौलग्रस्त रहेको आरोप लगाईएको छ ।

“पूर्व अध्यक्षहरुका रुपमा राजतन्त्रमा हालिमुहाली गर्नेहरुको गठजोड देखिएको छ” पदाधिकारीहरुको आरोप छ “महासंघ भित्र फेरी राजतन्त्र ब्युँताउने खेल खेलिँदैछ, राजाको छोरा नै राजा बनाउने जस्तो व्यवस्था गणतान्त्रिक देशको उद्योग बाणिज्य महासंघमा सम्भव छैन ।”

विधान बिशेष साधारणसभा तर्फ तयारी अघि बढिसकेको बताउँदै यस्लाई संसोधन गरेर प्रत्यक्ष निर्वाचन प्रणालीको व्यवस्था गर्ने र तत्काल देखि नै लागु गरेर लाने बताईएको छ ।

विधान संसोधनको प्रक्रियामा सुझावहरु संकलन गर्ने काम भईरहेको जनाईएको छ । प्रदेश तथा जिल्ला लगायत विभिन्न ठाउँहरुमा संसोधनका बिषयमा छलफलहरु भईरहेका छन् । विधान संसोधन समितीले छलफल पछि बहुमत राय सहितको संसोधन प्रस्ताव बिशेष साधारणसभामा लैजाने र त्यहाँ पास गराएर आगामी बैशाखमा हुने महासंघको निर्वाचनबाट कार्यान्वयनमा लाने बताईएको छ ।