रौतहट । मुस्लिम समुदायका नेपाली काँग्रेसका सांसद अफताव आलम हिन्दुहरुको महान चाड बिजया दशमीको कलश यात्राको कार्यक्रममा आम सर्बसाधारण जनतासंगै सहभागि भएका छन् ।


ADVERTISEMENT


शान्ति र सद्भाव फैलाउनका लागि भन्दै नेता आलमले बिजया दशमीको कार्यक्रममा सरिक हुँदै धार्मिक सहिष्णुताको सन्देश दिएका हुन् ।


ADVERTISEMENT

# # #


रौतहट क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित सांसद आलमले नेपालमा रहेको शान्ति र सद्भावको संस्कार र महत्वलाई संसारभर फैलाउनु पर्ने समेत बताएका छन् ।

उनले हिन्दु मुस्लिम समुदायको बसोबास रहेको आफ्नो क्षेत्रमा सबै जनताहरुलाई धार्मिक सहिष्णुता कायम राख्न र शान्तिको सन्देश दिने गरी उदाहरणीय बन्न आग्रह गरेका छन् ।