काठमाण्डौ – ओमानसहित पाँच देश सम्मिलित टी–२० क्रिकेट श्रृङ्खलामा नेपालले आइतबार हङकङसँग खेल्दैछ ।


ADVERTISEMENT


नेपाल र हङकङबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजेपछि ओमानको अमेरटमा सुरु हुनेछ । त्यस्तै अर्को खेलमा ओमान र आयरल्याण्ड खेल्नेछन् ।


ADVERTISEMENT

# # #


शुक्रबार भएका खेलमा हङकङले ओमानलाई र नेदरल्याण्ड्सले आयरल्याण्डलाई हराएका थिए ।

हङकङले दिएको ९७ रनको सहज लक्ष्य ओमानले १३ दशमलव ५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गरेको थियो ।

अर्को खेलमा आयरल्याण्डले नेदरल्याण्ड्सलाई ६ विकेटले हराएको थियो ।