काठमाडौ। वरिष्ठ टेलिभिजन पत्रकार राजेन्द्रदेव आचार्यको निधन भएको छ।


ADVERTISEMENT


उनको ६१ वर्षको उमेरमा शनिबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो।


ADVERTISEMENT

# # #


उनी कलेजोसम्बन्धी समस्याबाट पीडित रहँदै आएका थिए। केहि दिन अगाडी वीर अस्पतालमा उनको उपचार भएको थियो। उपचारपछि घर फर्किएका आचार्यलाई पुनः सो समस्याले च्यापेपछि शनिबार नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।

नेपाल टेलिभिजनमा २०४४ सालबाट सेवा सुरू गरेका आचार्य पछिल्लो दुई वर्षदेखि न्यूज २४ मा समाचार प्रमुखका रूपमा कार्यरत थिए।