काठमाडौ। पाँच देश सम्मिलित टी-२० क्रिकेट शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ४ विकेटले हराएको छ।
नेदरल्याण्ड्सले दिएको १३४ रनको लक्ष्य नेपालले १ बल बाँकी छँदै भेट्टाएको हो ।


ADVERTISEMENT


नेदरल्याण्ड्सलाई १३३ रनमा रोक्न ४ विकेटको महत्वपूर्ण योगदान दिएका करन केसीले १४ बलमा ३१रन बनाएपछि नेपाल विजयी भएको हो । अन्तिम ओभरमा १७ रन आवश्यक हुँदा क्रिजमा रहेका करन केसीले पहिलो बलमा छक्का, तेस्रोमा चौका तथा पाँचौँ बलमा फेरि छक्का प्रहार गरेपछि स्कोर बराबर भएको थियो । पाँचौँ बलमा १ रन लिँदै केसीले नेपाललाई प्रतियोगिताको दोस्रो जित दिलाएका हु्न् ।


ADVERTISEMENT

# # #