काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक पद कांग्रेसलाई चाहिने बताएका छन् ।


ADVERTISEMENT


दशैं, तिहार, छठ लगायतका पर्वका अवसरमा सत्तारुढ नेकपाले राजधानीमा आयोजना गरेको चियापान कार्यक्रममा नेता पौडेलले यस्तो बताएका हुन् । ‘सभामुख र उपसभामुखमध्ये एक पद कांग्रेसलाई चाहिन्छ । यो भन्दा फरक भए हामीलाई मान्य हुँदैन’ उनले पत्रकारहरुसँग भने । संसद सचिवालयमै कार्यरत एक कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि कृष्णबहादुर महराले राजीनामा दिएसँगै सभामुखको पद खाली छ ।


ADVERTISEMENT

# # #