सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवा नगरपालिका–६, मा लामखुट्टे धपाउन बालिएको आगोबाट तीन वटा घरगोठमा क्षति पुगेको छ ।


ADVERTISEMENT


स्थानीय रामबाबु रायको गोठमा लामखुट्टे धपाउन बालिएको आगो सल्किँदा उनको गोठसहित गोठमा बाँधिएको एउटा गोरु, पाँचवटा बाख्रा, कपडा र अन्नपात जलेर नष्ट हुँदा एक लाख ६३ हजार रुपियाँबराबरको क्षति भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


सोही आगो सल्किँदा छिमेकी जोगिन्द्र रायको गोठसहित गोठभित्र राखिएको फर्निचर, कपडा र अन्नपात जलेर नष्ट हुँदा एक लाख ५० हजार रुपियाँ बराबरको क्षति भएको पीडितले बताएका छन् ।

यस्तै आगलागीमा परी सोही ठाउँकै छोटेलाल रायको चारवटा बाख्रा जलेर मर्दा ४० हजार रुपियाँ बराबरको क्षति भएको प्रहरी चौकी खुटौनाले जनाएको छ । वुधवार राती ८ बजेतिर सुरु भएको आगलागी गाउँले, प्रहरी, सशस्त्र प्रहरी र मलङ्गवा नगरपालिकाबाट गएको दमकलको सहयोगमा राती ९ः३० बजे नियन्त्रणमा लिइएको थियो ।