काठमाडौँ – म्याच फिक्सिङको आरोप लागेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीको निलम्बनमा परेका युएईका क्रिकेट कप्तान मोहम्मद नाभिदले आरोप स्वीकार गरेका छन् ।


ADVERTISEMENT


नाभिदले युएईको द नेसनल पत्रिकालाई आफ्नो कारणले सबैले शीर झुकाउनु परेको बताएका छन् । “यसमा म आफूलाई दोषी महसुस गरिरहेको छु । मैँले यसबारे क्रिकेट बोर्डलाई किन भनिनँ ? आइसीसीसंग किन कुरा गरिनँ ?’ आफैमाथि प्रश्न गर्दै नाभिदले भनेका छन्, ‘मैँले मेरो परिवारको शीर झुकाएँ, मेरा साथीहरुको शीर झुकाएँ । यो मेरो गल्ती हो र म दोषी महसुस गरिरहेको छु ।’


ADVERTISEMENT

# # #


आईसीसीले बुधबार एक विज्ञप्ती निकाल्दै म्याच फिक्सिङको आरोपमा कप्तान नाभिदसहित शाइमन अनवर र क्वाडर अहमेदलाई एक वर्षका लागि निलम्बन गरेको थियो । कप्तानसुहित तीन खेलाडी निलम्बनमा परेपछि सन् २०२० मा अष्ट्रेलियामा हुने टी-२० विश्वकप छनोटका मुखैमा युएईलाई झट्का लागेको छ ।